Friday, 6 October 2017

उनी

उनी,
फकाउछिन् । धम्क्याउछिन् । लोभ्याउछिन् ।
र, बेला बेलामा भर्भराउछिन् पनि ।
जित्नु नै छ । पाउनु नै छ ।
आफ्नो नाम दर्ता गराउनु नै छ ।
बेला बेलामा… लज्जाउछिन् । डराउछिन् । धर्मराउछिन् ।
र, आँशुका भेल बगाउछिन् ।
सायद,
हाम्रो अटुट सम्बन्धमा बाँधिन चाहन्छिन् । अमर मायामा डुब्न चाहन्छिन् ।
आत्मीयता र सामिप्यतामा जीउन चाहन्छिन् ।
वा,
सुन्दर जीवन चाहन्छिन् ।
या,
जीवन के हो बुझ्न चाहन्छिन् ।
अपसोच !
म,
उनी को हुन् ? बुझ्न चाहन्छु ।

खाम भित्रको पत्र

डियर प्रम ज्यु आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हि...