Thursday, 12 July 2018

खाम भित्रको पत्र

डियर प्रम ज्यु
आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हिजो रातिको बाढीले नयाँ बनाएको झुपडी पनि बगायो । तल्ला घरे दाइको भान्सा भरि पानी भरियो । डाक्टर काकाले अहिलेसम्म खाना खाएको छैन । अर्का डाक्टर दाइलाइ त तपाइँ कै मन्त्रि ज्यु का सल्लाहकारले अपहरण शैलीमा लगेर मेडिकल रिपोर्ट बनाउँन सिकाउदै हुनुहुन्थ्यो रे ! समाचारमा पढेको थिएँ ।
०७२ सालको भुइँचालो सहन सक्ने ले बाढी पनि जसो तसो सहनसक्छन्/सहुँला तर भोको रहेको डाक्टर संग ३ करोड नेपालीको भविष्य जोडिएको छ । उहाँलाइ मार्सी चामल नभए नि सामान्य चामलको भात खुवाए नि हुन्छ । अनि अर्को कुरा, अचेल अपहरण शैली भन्ने कुरा धेरै पढ्न पाइरहेको छु । यदि साँचीकै अपहरण शैली नै हो भने गर्नेलाई आवश्यक कारबाही गरेको पनि पढ्न पाउँ । समाचार लेख्नेले गलत लेखेको हो भने लेख्नेलाइ पनि आवश्यक कारबाही गरेको पढ्न, सुन्न पाउँ ।
अरु धेरै कुरा माग्न मन त थियो नि तर तपाइको कार्य व्यस्ततालाइ मध्यनजर गरि, समयलाइ खर्च नगरौ भनेर लम्बेतान मागहरू लेखिँन । कहिं कतै गल्ती बोले/लेखेको भए, माफी माग्दै मेरा केहि शब्द यहिँ टुंग्याउछु । धन्यवाद ।
उही
सामान्य नागरिक

No comments:

Post a Comment

खाम भित्रको पत्र

डियर प्रम ज्यु आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हि...