Friday, 12 May 2017

लोभ

मृत्यु अन्तिम सत्य हो 
समय हो
उद्दार हो
प्रकृतिको अमुल्य उपहार हो
तर पनि किन ?
मृत्यु देखि डराउछौ
भाग्छौ
सायद,
जीउने आभाष बोकेर हौ कि ?
या,
जीवन गुमाउने लोभले हौँ
लोभ यति भयानक छ कि -
पलपलमा हाम्रो रगत चुसिरहेको हुन्छ
पाइला पाइलामा डरको भारी बोकाइरहन्छ
तर्साइरहन्छ
र,
सातो लिइरहन्छ ।

1 comment:

  1. धेरै राम्रो कविता ! गज्जब !

    ReplyDelete

खाम भित्रको पत्र

डियर प्रम ज्यु आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हि...