ठ्याक्कै तीन बर्ष भएछ । पहिलोपटक देखेको ।
बोल्न चाहन्थेँ,
बहाना आएन ।
तिम्रो नाम जानिएन
आँट नै आएन ।
तिम्रा पैतालाका डोबहरूलाई मेरा पैताले पछ्याइरहे,
हिड्दा बसेका डोबहरुले
स्पर्श गरुँन्,
एक आपसमा सामिप्यता बढाउँन् ।
बिडम्बना !
दिनदिनै फेरिने जुत्ता चप्पलको डोबलाइ मेरा नाङ्गो पैतालाले छुट्टाउनै सकेनन् ।
हिड्दा तिमीले छोएका
हरेक वस्तुलाई नियाल्दा
टोलाईरहें, एकोहोरो हेरिरहें
न यी आँखा थाके, न यो मन भरियो
मात्र मन बहकिरह्यो ।
यतैकतै नजिकै सधैं देखिरहेँ जस्तो लाग्थ्यो तिम्रो महल
तर
मेरो झुपडी भएरै होला
मेरो झुपडी र तिम्रो महलको दुरी टाढा टाढा !
र त
तिमी सँग गफिनु र तिमीलाई कस्सेर अंगालोमा बेर्ने चाहना
बिहान र दिउँसोको छायाँ जस्तै लामो र छोटो हुँदै गएको ।
म थाके प्रिय !
तिम्रो मायाको आभाषमा, मायाको प्यासमा छट्पटीरहें
चप्पल र नांगो पैतालाको दुरीले
म सधै छायाँमा परिरहें ।

Wow ! Very Heart Touching Poem ! Keep It up !
ReplyDelete