Saturday, 16 September 2017

मिथ्या

मेरो प्रगतिमा
खुट्टा तान्नेहरु
इर्ष्या गर्नेहरु
डाहा गर्नेहरु
मेरो लास देखेर
डाँको छोडी रोइरहेछन् ।
तर पनि
चिताबाट फिर्ता बोलाइरहेछन् ।
सायद,
म सँग रहेको
आत्मविश्वास
इक्षाशक्ति
खोस्नु थियो कि ?
वा
लासलाई फेरी मार्नु थियो ।
या
पल पल आत्मालाई घोचे झैं,
देहलाई घोच्न बाँकी नै थियो ।

यहाँ, न मर्न दिँदा रहेछन्
न बाँच्न दिदाँ रहेछन् ।

1 comment:

  1. Gajjab ! Aajkal dherai active hunuvayechh lekhanprati ? Khusi lagyo ! Thank You !

    ReplyDelete

खाम भित्रको पत्र

डियर प्रम ज्यु आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हि...