Saturday, 7 July 2018

श-शुल्क आन्दोलन गर्नका लागी ठाउँ खाली छ


"आज बेलुकी ८ बजे मेरो ल्यान्डिङ छ, लिन आऊ है मैले घरमा र अन्य साथीहरुलाई कसैलाई पनि भनेको छैन  पहिला तँलाई नै भनेको हो ।" मेसीको म्यासेन्जरमा टुंग घन्टी बजाउदै नेमारको सन्देश आयो । मेसीले उत्साहित हुदै – “हुन्छ” भने । सानोमा धेरै मिल्ने साथीले धेरै बर्षपछी त्यसरी एक्कासी आउछु भन्ने कुरा गर्दा अवश्य नै मनमा एक किसिमको तरंग उत्पन्न हुन्छ । ८ बजे ल्यान्डिङ भएपनि बाहिर आइपुग्न एक डेड घण्टा लाग्छ । मेसीलाइ थाहा छ । तर पनि ऊ बेलुकीको ७:३० बजेबाट नै विमानस्थलको प्रतिक्षालयबाट प्रतिक्षा गरिरह्यो ।
१० बजेतिर,
“हेई! मेसी, आइम हियर !" नेमारले मेसीलाई बोलायो । "हेई, नेमार..." भन्दै मेसी नेमार तिर दगुर्दै हातले हात र काँधले काँध ठोक्दै, दुइ तिर तुना भएको झोला समाउदै गाडी भएतिर हिडे ।

"यार, भित्र त चेकिंग धेरै कडा रहेछ त ? तर पनि क्युन्टलका क्युन्टल सुन कसरि छिराछन हँ ? तेरो लागी एउटा राम्रो स्यामसुंग कम्पनीको आइफुन ल्याइदिएको थिएँ, मुला के के/के के भनेर भित्रै राख्यो ।"

शोभराजले त्यतिकै भनेको होइन नि – “म नेपालको बिमानस्थलबाट हात्ती पनि छिराउन सक्छु । हात्ती छिर्ने ठाउँमा हाम्रो फोनको के किम्मत हुन्थ्यो र ? छोड्दे । यहाँ यस्तैछ हेर । अनि भन त यार तँ त जस्ताको त्यस्तै छस् त ?” मेसीले गाडी स्टार्ट गर्दै भन्यो ।

“अँ, बाहिर तिर त स्वास्थ्यमा एकदमै ख्याल गर्छन् नि । शारीरिक ब्यायाम पनि निरन्तर गर्छु । अनि तँ भन त - तँ चैं यसरि कसरि मोटाइस् ? भुँडी पनि फ्यात्त बाहिर आएको छ ? कति महिनाको हो हँ ?” प्याट्ट पेटमा हिर्काउदै लामो हाँसो हाँसे ।

मेसीले मुस्कुराउँदै गाडी अगाडी बढायो ।

“जे होस्, तैले पैसा भने टन्न कमाइछस् । गाडी पनि यत्रो महँगो चढ्याछस् । काठमाडौंमा घर पनि ठुलै बनाएको छस् रे !”

“हैन यार, के कमाउनु ? बरु तैले धेरै कमाएजस्तो छस् । भन त कति डलर सम्म कमाइयो ?”

“के कमाउनु यार ? खर्च पनि त डलर मै हुन्छ । तर पनि अलिअलि कमाएकै छु । अब केहि यतै गर्ने भन्ने सोचेको छु । के मा लगानी गर्दा राम्रो होला भन त ? मलाई त अस्पताल खोलुँ कि जस्तो लाग्दैछ । कस्तो होला ?”

ढ्यांग... गाडी ठोक्किएको आवाज आयो ।

“हैन कत्रो ठूलो ब्रेकर बनाएको ?” नेमार सिटबाट उफ्रेर सिटमा नै थेचारियो । छातीमा घुडाँ टाँस्दै एकदुई फन्का सिटको दायाँबाँया गर्यो ।
फेरी, ढ्यांग... ढ्यांग... । माथी ठोक्कियो । दुइतै हातले टाउको बेस्सरी समात्यो ।  मानौ टाउकोमा ठुलै चोट लागेको छ ।

“धन्न मैदान थिएन । नत्र त, तँ सालेले मज्जाले गुल्ट्याङ गुल्ट्याङ... लगाउंथिस् ।“ मेसीले नेमारलाइ जिस्काउँदै कुरालाइ निरन्तरता दियो – “यो ब्रेकर होइन खाल्डो हो । यहाँ यस्ता ब्रेकरहरु छलेर नै सडक बनाएको हुन्छ ।“

“अँ, तैले लगानीको कुरा गर्दैथिस, त्यो त राम्रो हो । तर अस्पतालमा लगानी गर्नुभन्दा पहिला मार्सी चामलमा लगानी गर्नुपर्छ । अनि त्यसपछि सम्भावना हुनसक्छ । नत्र त भन्न सकिदैन हेर ।“

“किन र ? खोल्न त पाउनु पर्ने हो नि । कि तिम्रा गुरु साम्पाओलीले अधिनायकवाद ल्याइसक्यो ?”

“होइन नि, साम्पाओली भन्दापनि एउटा पागल डाक्टर छ । त्यो डाक्टरले अधिनायकबाद ल्याउदैछ । साम्पाओली त मार्सी चामल सँग कन्भिन्स भैहाल्थ्यो ।“

“अनि के मा लगानी गर्ने त यार ? रेस्टुरेन्ट खोलुँ भने घर घरमा खोलिसके । अन्य के को सम्भावना होला भन त ?”
“अब तैले लगानी गर्ने भनेको खाली जमिनलाइ कम्तिमा पनि ५ बर्षलाइ भाडामा लिने हो । त्यसमा राम्रो फाइदा हुने सम्भावना देख्दैछु हेर ।“

“खाली जमिन लिएर के गर्ने ? गुल्ट्याङ गुल्ट्याङ लगाउने ?”

“हैन, गुल्ट्याङ गुल्ट्याङ लगाउन सिकाउने हो ।“ मेसीले जिस्काउँदै भने ।

नेमारले लजाउँदै गाडीको सिसा बाहिर टाउको निकाल्यो । नाक थुन्दै, टाउको यथास्थानमा ल्यायो । सिसा माथि तान्यो । र लामो सास फेर्दै भन्यो – “मुला, के को गन्ध हो ?”

“बागमती पूल माथी छौ साथी, यसलाई गन्ध होइन सेन्ट सम्झी । बुझिस् ?”

“जुन कुरामा पनि कमेडी घुसाईहाल्ने तिम्रो बानी बडो बिचित्रको छ । हुन त मुला, तँ गुरुको चेला त हस् ।“

मेसीले मुस्कुराउँदै मौन समर्थन गरे । र भने – “लौ घर आइपुग्यो ।“

गाडीबाट झर्दै नेमारले गाडीमा भइरहेको कुरालाई निरन्तता दियो – “अँ भन त, खाली जमिनले के गर्ने भनेको ?”

“के गर्नु नि ? बाहिर एउटा बोर्ड राखिदिने – “यहाँ श-शुल्क आन्दोलन गर्नका लागी ठाउँ खाली छ ।” मनग्गे कमाइ हुन्छ ।

हाहा J लामो हाँसो हाँस्दै, “अनि अनि... ?” भन्दै नेमार मेसीको पछिपछि घर भित्र छिरे ।

No comments:

Post a Comment

खाम भित्रको पत्र

डियर प्रम ज्यु आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हि...