Saturday, 7 April 2018

प्रिय मनुष्य

हे मनुष्य,
फेसबुकमा लाइक, कमेन्ट र सेयर
ट्वीटरमा फलोअर, रिट्वीट र फेव
गनिबस्छौ 
अनि मख्ख हुन्छौ 
अहमताको तौल एक्कासी बढाउँछौ 
र छाती ठोकेर भन्छौ,
म वरिष्ठ, म सेलिब्रेटी, म... म... 

प्रिय मनुष्य,
आफुलाइ यति भारी नबनाऊ कि,
अन्तिम यात्रामा कसैले पनि उठाउनै नसकुन । 

2 comments:

खाम भित्रको पत्र

डियर प्रम ज्यु आरामै छु । आराम चाहन्छु । यहाँ छर छिमेकी पनि ठिक ठिकै छन् । पल्ला घरे काकाको ०७२ सालको भुइचालोले घर भत्काएको थियो । हि...